१५ चैत्र २०८०, बिहीबार

राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन
  • न्युज मानसराेवर

काठमाडौं– नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ।

नेकपा दाहाल नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीलगायतले निवेदन दिएका हुन्।

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले निवेदन बुझाएको जानकारी दिइन्।

‘संसद् विघटनको निर्णय पनि अस्तिसम्म राजपत्रमा छापिएको थिएन। यसको वैधानिकता र आधिकारिकतामा प्रश्न उठाउँदै निवेदन दिइएको हो,’ उनले भनिन्।

बहसमा अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले राजपत्र सूचना प्रकाशित नै नभएको भन्ने प्रश्न उठाएका थिए।त्यसपछि सरकारले शुक्रबार प्रतिनिधिसभा विघटन भएको सूचना छापिएको राजपत्र इजलासमा पेश गरेको थियोे।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech