१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीलाई सत्ताच्युत गर्नुपर्छ : उपेन्द्र यादव
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताएका छन् । अबधि पत्रकार संघ बाँकेले विहीवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताका हुन् ।

जननिर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाउँदै अध्यक्ष यादवले ७० बर्षदेखिको नेपाली जनताको सपना प्रधानमन्त्री ओलीले हत्या गरेकोले सत्ताबाट हटाउनुको बिकल्प नभएको बताए । उनले राजा महेन्द्रको पुनाराबृती ओलीले दोहोर्याएको जिकिर गरे ।

संसद पुर्नस्थापनाको विकल्प नभएको धारणा राख्दै यादवले लोकतान्त्रिक शक्तिहरु एक भएर ओलीलाई हटाउनु पर्ने बताए ।

अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सपजाका केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादब, जिल्ला अध्यक्ष कमरुद्दिन राई, नरैनापुर पालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायतको सहभागिता रहेको थियो ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech