१३ बैशाख २०८१, बिहीबार

बुटवलमा नेकपा दाहाल–नेपाल समूहको विरोधसभा
  • न्युज मानसराेवर

बुटवल।  संसद् विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले बुटवलमा  प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ।

बुटवल राजमार्ग चौराहा, गोलपार्क र जितगढी किल्लाबाट नाराबाजी गर्दै सुरू भएको प्रदर्शन पुष्पलाल पार्कमा सभामा परिणत भएको छ।

विरोध सभालाई सम्बोधन गर्न नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल यहाँ आइपुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध दाहाल–नेपाल समूहले बुटवलमा प्रदेशस्तरीय विरोधसभा गरेको हो। कार्यक्रममा घनश्याम भुसाल, चन्द्रप्रकाश खनाल, वर्षमान पुन, युवराज ज्ञवाली लगायत नेताहरुको सहभागिता छ।

 

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech