१३ बैशाख २०८१, बिहीबार

प्रतिनिधिसभा विघटनविरुद्ध बाँके कांग्रेसद्वारा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरुको आयोजनामा सोमवार नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनपछि त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले संविधान विपरित गरिएको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध कांग्रेस सडकमा आएको बताइन् । कोइरालाले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकाले संविधानको रक्षार्थ कांग्रेस आन्दोलित भएको बताइन् ।

विरोधसभामा नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण रसाइली, तरुण दलका पूूर्व केन्द्रिय सदस्य सुदिपनरसिंह राणा, तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाह, नेविसंघका अध्यक्ष पूूर्णप्रसाद आचार्य, महिला संघकी अध्यक्ष नारायणी रुपाखेती, तरुण दल राप्तीसोनारी अध्यक्ष कुलबहादुर केसीले सम्बोधन गरेका थिए ।

विरोधसभा पूर्व पार्टी कार्यालय सुर्खेतरोडबाट निस्केको र्याली विपी चोक हुँदै त्रिभुवनचोक पुुगेको थियो । आज देशभर ७७ वटै जिल्लामा भ्रातृ संगठनहरुको आयोजनामा विरोध प्रदर्शन गरिएको छ ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech