१२ बैशाख २०८१, बुधबार

नरैनापुरमा २४ घण्टे ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालनमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको अति विकट गाउपालिकाको रुपमा परिचित नरैनापुर गाउपालिकाको वडा नं. २ को लक्ष्मणपुर प्रारम्भिक स्वास्थ्य केन्द्रमा २४ घन्टे ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालनमा ल्याईएको छ ।

नरैनापुरमा कोरोना कहरको बीचमा कालोपत्रे बाटो, विद्युत र सो स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको रुपमा एमबिबिएस डाक्टर पुगेपछि गाउपालिकाको पहलमा स्वास्थ्य केन्द्रबाट २४सै घण्टा सेवा प्रवाहको सुरुवात गरिएको हो ।

नरैनपुरमा गत छ महिना अघिसम्म बाटो, विद्युत तथा स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिको अभावमा नरैनपुरका जनताले सीमावर्ती भारतीय बजारमा भर पर्नुको साथै अकालमा ज्यान समेत गुमाउनु परेको अवस्था अव सदाको लागि अन्त्य समेत भएको छ ।

नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह तथा भेरी अस्पतालका नेपालगन्जका नर्सिङ्ग निर्देशक दुर्गालक्ष्मी श्रेष्ठले सो सेवाको सुरुवात गरेका हुन ।

प्रारम्भिक चरणमा पाँच बेडबाट सुरु गरिएको सो सेवाको विस्तारै बृद्धि गर्दै लैजाने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

सो स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनको लागि मेडिकल अधिकृत डा सागर पन्तको नेतृत्वमा क्रियाशिल रहेको छ । बाटो, विद्युत तथा गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा नरैनापुर अति पिछडिएको अवस्था रहेकोमा विस्तारै सबै सेवा प्रवाह गर्न लागेको हो ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech