६ बैशाख २०८१, बिहीबार

कृषि कानुनको विरोधमा आज भारतमा देशव्यापी चक्काजाम
  • न्युज मानसराेवर

काठमाण्डौ । भारतमा कृषि कानुनविरुद्ध किसानहरुले आज देशव्यापाी जक्काजाम आयोजना गरेका छन् । किसान नेताको तर्फबाट राजधानी दिल्लीमा पनि चक्का जाम गर्ने घोषणा गरेपछि दिल्ली प्रहरीले सतर्कता बढाएको छ ।

गत जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दिल्ली प्रहरीका डिसिपी क्राइम चिन्मय बिस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा थप कडा बनाइएको बताएका छन् । दिल्लीभित्र पनि सुरक्षा प्रबन्ध कडा गरिएको छ । नयाँ दिल्लीका डिसिपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेसनमा सर्ट नोटिसमा बन्द गर्न तयार हुन निर्देशन दिएका छन् ।

यसैबीच भारतमा जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रसंघको मानव अधिकारवादी संस्था ह्युमन राइट्सले भारतीय प्रशासन र आन्दोलित किसान दुवै पक्षलाई बढीभन्दा बढी संयता अपनाउन अपिल गरेको छ ।

उसले भनेको छ, ‘सबै किसिमका मानव अधिकारको सम्मान गर्दै न्यायपूर्ण निकास निकाल्न जरुरी छ ।’ भारतमा दुई महिनादेखि जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघले पहिलोपटक आफ्नो अभिव्यक्ति दिएको हो । किसानहरुको मागलाई मध्यनजर गर्दै आगामी १८ महिनाका लागि उक्त कानुन स्थगित गर्ने सरकारले बताए पनि उक्त कानुन खारेज गर्न माग गर्दै किसानहरुले आन्दोलन जारी नै राखेका छन् ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech