८ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभा विघटनकाे मुद्दामा यसै साता बहस सक्ने तयारी छ : प्रधानन्यायाधीश राणा
  • न्युज मानसराेवर

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दायर भएका एक दर्जनभन्दा बढी रिट निवेदनमाथि जारी बहस यसै साताभित्र सक्ने तयारी रहेको बताएका छन्।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरिरहेका रमेश बडाललाई आधा घन्टा समय दिँदै प्रधानन्यायाधीश राणाले यस्तो भनाइ राखेका हुन्।

बडालले अलि बढी लामाे समय दिन माग गरेपछि प्रधानन्यायाधीश राणाले एक साताभित्र सबैका बहस सक्नुपर्ने भएकाले बहस छोट्याउन भनेका थिए।

प्रधानन्यायाधीश राणाले सुरुमा २० मिनेट समय दिएपनि पछि १० मिनेट थप गरिदिएका थिए।

अब प्रधानमन्त्री, सभामुख र एमिकस क्युरीकाे बहस बाकी छ। उनीहरूको बहसपछि रिट निवेदकहरूले जवाफ दिनेछन्। सुरुमा रिट निवेदकहरूका पक्षबाट बहस भएको थियो।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech