१२ बैशाख २०८१, बुधबार

कोहलपुरका पोखरेलले उचाले ‘स्लो डान्स च्याम्पियनसीप’ को उपाधि
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राष्ट्रिय स्तरको स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेलको जितेका छन् ।

जस्ट फिल दि डी डान्स एकेडेमी कोहलपुरले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’मा पोखरेल प्रथम भएका हुन् । उनले ७५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगितामा कैलाली टीकापुरका रोयल दीपेश दोस्रो र विराटनगरका सिद्धार्थ शाही तेस्रो भए । दोस्रो र तेस्रोले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद पाए ।

सबरिना गुरुङ निर्णायक रहेको प्रतियोगितामा देशभरबाट २७ जना सहभागी भएको आयोजक संस्थाका अध्यक्ष किशोर हमाल ठकुरीले बताए ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech