२८ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ । एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech