७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका खेल्ने छन् ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल एन्फा कम्प्लेक्समा नै दिउँसो ३ बजे हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८–० गोल अन्तरले हराएको थियो । एपीएफको लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । यस्तै कप्तान अनिता बस्नेतले दुई गोल गरिन् । एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech