१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा बाटिका आर्ट ग्यालरी सञ्चालन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा बिहीवारदेखि बाटिका आर्ट ग्यालरी सञ्चालनमा आएको छ । आर्ट ग्यालरीको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र होटल बाटिकाका प्रबन्ध निर्देशक शिवाङ्गिनी राणाले संयुक्तरुपमा उद्घाटन गरे ।

होटल बाटिकामै आर्ट ग्लालरी सञ्चालनमा ल्याइएको हो । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आर्ट ग्यालरी सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक राणाले बताइन् । स्पेनमा आर्ट सम्बन्धि अध्ययन गरेकी राणाले सानैदेखि आर्टमा रुची भएकाले यसलाई व्यवसायकै रुपमा अघि बढाउने प्रयास गरेको बताइन् । ग्यालरीमा निःशुल्क अवलोकन गरी कलाबारे बुझ्नुका साथै आफूलाई मन परेमा खरिद गर्न सकिनेछ ।

ग्यालरीमा राणाको आर्टका अलाबा स्थानीय कलाकारहरुको आर्ट पनि राखिनेछ । ग्यालरी विहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा आउनेछ । काठमाण्डौ बाहिर पाहिलोपटक आफूले नेपालगञ्जमा आर्ट ग्यालरी सञ्चालनमा ल्याएको राणाको दाबी छ । राणाले आफ्ना कलाहरु न्यूनतम् ५ हजार रुपैयाँदेखि अधिकतम् ४ लाख ५० हजारसम्म विक्रि भएको बताइन् ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech