२९ बैशाख २०८१, शनिबार

बैतडीमा कांग्रेसको आमसभामा दोहोरो झडप, ६ घाइते
  • न्युज मानसराेवर

बैतडी । नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ । जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो । कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए ।

’सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको हो,’ उनले भने । झडपमा ६ जना घाइते भएका छन् । घटनास्थल तनावग्रस्त बनेको छ । अहिले पनि झडप जारी रहेको विष्टले बताए ।

घटनास्थलतर्फ प्रहरी टोली गइसकेको बताएको छ । प्रहरी घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ । पनसेराको विरोध सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech