१३ बैशाख २०८१, बिहीबार

औद्योगिक विकासको युग शुरु भएको मन्त्री भट्टको भनाई
  • न्युज मानसराेवर

कैलाली । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश अब औद्योगिक विकास तर्फ लम्केको बताएका छन् । आइतवार आफ्नै निवासमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भोली बिहान कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उदघाटन गर्न आउँदै हुनुहुन्छ, मन्त्री भट्टले भने, ’सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न देशभर औधोगिक क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।’

९ अरबको लागतमा ५ बर्ष भित्र सक्ने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाई छ । उनले सुदूरपश्चिममा आर्थिक क्षेत्रको सम्भाब्यता पत्ता लगाएर कार्य आगाडी बढाइएको बताए ।

’हरैयामा साढे ३ सय बिगाह क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औधोगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाह को अध्यन प्रतिबेदनको काम अगाडी बढि सकेको छ,’ मन्त्री भट्टले भने, ’बिशेष गरी यो क्षेत्रका खानीहरुको पहिचान गरेरे उतखनन अन्बेषण गर्ने कार्य शुरु भएको छ, त्यसमा पनि बाजुरामा रहेको फलाम खानीको पनि यो बर्ष भित्र काम अघि बढाइएको छ ।’ गेटा मेडिकलको भौतिक पूर्बाधार निर्माणको कार्य सकिँदै छ ।

प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुराकानी भएको छ अब त्यो मेडिकल मा रहेको समितीले पनि अध्यन गर्दै छ होला,’ उनले भने ,’अब यसले सुदूरपश्चिमको मात्रै नभएर देशकै मेडिकल क्षेत्रमा योगदन पुर्याउने भएकाले विश्वबिधालयको रुपमा बिकास गर्ने कुरो हुन्छ । छिट्टै शिक्षामन्त्री यँहा लिएर आउंछौ अनी विश्वबिद्यालयको मोडेलमा अगाढी बढ्छ ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech