८ बैशाख २०८१, शनिबार

सर्वोच्चको फैसला संगै बैजनाथमा दिपावली
  • न्युज मानसराेवर

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाए संगै बाँकेका विभिन्न स्थानमा दिप प्रज्वलन गरेर खुसियाली मनाएका समाचार प्राप्त भएका छन् ।

सर्वोच्चको फैसला संगै देशको विभिन्न शहर संगै बाँकेको बैजनाथ गाउँपालिकाका विभिन्न वडामा  दिपावली गरेर खुसियाली मनाएको हो ।

वडा न ५,६ ४ लगाएत वडामा खुसियाली मनाइरहेको बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन ब खत्री जानकारी गराए ।

यसै गरी नेपालगन्ज , खजुरा , कोहलपुर लगाएत क्षेत्रमा समेत  दिप प्रज्वलन गरिएको छ ।

बैजनाथ गाउँपालिकामा संविधान  सभा सदस्य तथा पूर्व राज्य मन्त्री दल बहादुर सुनारले आम नेपालीहरुको जितका रुपमा दिप प्रज्वलन गरिएको बताए ।

उनले सर्वोच्च अदालतले संविधान भन्दा माथी कोही नरहेको र सविधान प्रदत्त अधिकार सुनिश्चित गरिएको बताए । कार्यक्रममा नागरिक समाज युवा राजनितिककर्मी लगाएतको सहभागिता रहेको थियो ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech