८ बैशाख २०८१, शनिबार

पूर्ण खोप सुनिश्चितता बाँके ५८ औ स्थानमा

बैजनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।   यो सगै नेपालमा  बाँके पूर्ण खोप सुनिश्चितताको ५८ औँ जिल्लामा परेको छ ।

बैजनाथ स्वास्थ्य शाखाले बृह्त कार्यक्रमको आयोजना गर्दै पूर्ण खोप सुनिश्चितता घाेषणा  गरेको हो ।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे ।  यस अघि बैजनाथका आठ वडाहरुमा वडा स्तरीय पूर्ण खोप घोषणा गरिएको थियो ।

पूर्ण खोप सुनिश्चितता  कार्यक्रमका बिशिष्ठ अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङले महिला स्वास्थ्य स्वयमंसेवीकाका साथै सबै स्वास्थ्यकर्मिको कार्यलाई उच्च सम्मान गर्दै धन्यबाद ज्ञापन गरे ।  अब सबै स्थानीय तह  संघ संस्था जनमैत्री बाताबरणमा संचालन गर्नुपर्नेमा  कुरुङवाङले  जोड दिए ।

पूर्ण खोप सुनिश्चितताका आधार बारे  प्रतिबेदन पेश गर्दै गाँउपालिकास्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले जन्मेदेखि १५ महिना सम्मका १३८२ जना बालबालीका, घरधुरी सर्वेक्षण बाट १६ देखि २३ महिना सम्मका ६३० जना बालालीका र सर्बेक्षणमा खोप लगाउन बाँकी ४ जना बालबालिकालाई खोप लगाइएपछि बैजनाथ गाँउपालीका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषण गरीएकोे  जानकारी गराए ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख अजय कुमार श्रीवास्तवले बाँके जिल्लाको आठौं स्थानीय तहको रुपमा बैजनाथ गाँउपालीका पूर्ण खोप सुनिश्चितता घोषणा भएको मा खुसी ब्यक्त गरे ।

दुई बर्षको निरन्तरको प्रयास पछि फागुन मसान्त भित्र बाँके जिल्ला लाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य अब पुरा हुने समय आएको  उनले बताए ।  फ्रन्ट लाईनमा उभियर यस अभियानलाई सफल बनाउन लागी पर्ने सबै स्वास्थ्यकर्मि र महिला स्वास्थ्य स्वयमंसेवीकालाई धन्यबाद ज्ञापन  गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले कोरोना महामारीका कारण महिला स्वास्थ्य स्वयमंसेवीकाका लागी ल्यायका योजनाहरु पुरा हुन नसकेकोे उनले स्कार गदै  आउने आर्थिक बर्षमा सबैलाई खुसी पार्ने गरी बजेट ल्याईने  बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख ओम बहादुर राना, ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख रबिन्द्र खनाल, भैरब गणका प्रमुख सेनापति नकुल थापा, ससस्त्र प्रहरी उपरिक्षक आशोक बम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेन्द्र राज गीरी , महिला स्वास्थ्य स्वयमंसेवीका संजालकी केन्द्रीय अध्यक्ष प्रेमपुर्ण योगी, पालीका स्तरीय महिला स्वास्थ्य स्वयमंसेवीका संजालकी अध्यक्ष मन्दिरा रिमाल लागाएतको सहभागीता रहेको थियो ।

सहभागि अथितिहरुलाई मायाको चिनौ प्रदान गरिएको थियो ।

कार्यक्रममा बैजनाथ गाँउपालीकाका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख एबं प्रतिनिधिलाई कदर पत्र बितरण गरीनुका साथै बैजनाथका ४ स्वास्थ्य चौकीका २÷२ जना लाई र बैजनाथ गाँउपालीकाका ९२ जना महिला स्वास्थ्य स्वयमंसीकालाई सम्मान गरीएको थियो ।

कार्यक्रममा स्वागत मतव्य गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान ब एडीले गरेका थिए भने कार्यक्रमकाे

सहजीकरण गाँउपालीकाका सुचना अधिकृत तप्त बहादुर बिष्टले गरेका थियो ।  फाल्गुन मसान्तसम्म बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य रहेको छ ।

कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले  पानसमा बक्ति बाल्दै   पूर्ण खोप सुनिश्चितता  कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech