१४ असार २०७९, मंगलवार

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिवार दुई खेल हुँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिवार दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।

पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । शुक्रवार भएको खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो ।

लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech