१३ बैशाख २०८१, बिहीबार

बाँकेको बनकट्टीमा धार्मिक मेला शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । विगत बर्षझै यस बर्ष पनि बाँकेको डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमवारदेखि शुरु भएको छ । मेलाको पहिलो दिनमा राती जलसाको कार्यक्रम हुने भएको छ ।

जलसामा भारतको विभिन्न जिल्लाबाट मेलालाई भव्य रुपमा सफल बनाउनका लागि धर्म गुरुहरु आउने भएका छन ।

मेला फागुन १७ गतेदेखि चार दिनसम्म लागनेछ । बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने मेलाका सञ्चालक इसराक अहमद शाहले जानकारी दिए ।

मेलामा १८ गते बेलुकी कौवाली र १९ गते बिहान गागर, २० गते अन्तिम दिन चादर चढाउने कार्य हुने मेला सञ्चालक गद्दी नशिन शाहले बताए ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech