१३ बैशाख २०८१, बिहीबार

सरकार–विप्लव वार्ता सकारात्मक
  • न्युज मानसराेवर

काठमाण्डौ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए। विप्लव समूहको वार्ता टोली मंगलबारनै काठमाण्डौ आइपुगेको थियो ।

वार्ता सकारात्मक भएको र फेरि बस्ने गरी सकिएको भट्टराईले जनाए । दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech