१४ बैशाख २०८१, शुक्रबार

खेलकुद महासंघ बाँकेमा आतंक
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपा निकट नेपाल खेलकुद महासंघ बाँकेको पुनर्गठन गरिएको छ । बाँके जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतको अध्यक्षतामा महासंघ पुनर्गठन भएको हो ।

महासंघको मंगलवार नेपालगञ्जमा भएको जिल्ला भेलाले उपाध्यक्षमा दीपक गदाल (कोहलपुर), सचिवमा होमबहादुर सुनार (खजुरा), सह–सचिवमा रमेश डाँगी (कोहलपुर) र कोषाध्यक्षमा मधु भुसाल (नेपालगञ्ज) चयन भएको नेकपा नेता दत्तप्रसाद आचार्यले जानकारी दिए । भेलाले केन्द्रिय सदस्यका लागि भीम ओली, राम थापा, श्याम श्रेष्ठ, कृष्णा पाठक, गुरुबचन चौधरी र आरसी सुवेदीलाई सिफारिस गरेको छ ।

त्यसैगरि, लुम्बिनी प्रदेशका लागि लोकबहादुर खत्रीलाई उपाध्यक्षमा पठाउने निर्णय गरेको भेलाले महिला उपाध्यक्षमा शोभना मिश्र, सचिवमा राजेन्द्र कँडेल, सह–सचिवमा बसन्तराज गिरि र कोषाध्यक्षमा अर्जुन सिंह थापा तथा सदस्यमा पशुपति चौधरीलाई चयन गरेको नेकपा संयोजक सूर्य ढकालले बताए ।

भेलामा नेकपाका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य देवराज भार, नेकपा केन्द्रिय सदस्य पुजन विश्वकर्मा, नेकपा नेता पदम धिताल, अनेरास्ववियू केन्द्रिय सदस्य एवम् सचिवालय सदस्य मोहित शाह, अनेरास्ववियू बाँकेका संयोजक टेकेन्द्र मल्ललगायतको सहभागिता रहेको थियो ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech