१४ बैशाख २०८१, शुक्रबार

सरकार र विप्लवबीचको वार्ता एजेन्डामा प्रवेश
  • न्युज मानसराेवर

काठमाडौं– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न दोस्रो चरणको वार्ता भएको थियो।

सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले दोस्रो चरणको वार्ता सम्पन्न भएको बताए।

‘वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेका छन्,’ उनले भने, ‘छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा छ।’

विप्लव समूहले प्रतिबन्ध फुकुवा, थुनामा रहेका नेताकार्यकर्ताको रिहाइ र सबै मुद्दा खारेज हुनुपर्ने माग राख्दै आएको छ। आजको बैठकमा यिनै विषयमा छलफल सुरु भएको वार्ता टोलीका एक सदस्यले बताए।

सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धयता विप्लवका सचिवालय सदस्यलगायत दुई हजारभन्दा बढी नेताकार्यकर्ता पक्राउ परिसकेका छन्।

सरकार र विप्लव दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए। दुवै पक्षबीच बिहान पहिलो चरणको वार्ता भएको थियो।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech