१३ बैशाख २०८१, बिहीबार

किसानले उत्पादन गरेको वस्तुको मुल्य पाए गाउँपालिकाको उदेश्य पुरा हुने अध्यक्षःरुचाल

आर्थिक वर्ष २०७६ –०७७ बाट   सञ्चालन गरिएको परियोजनाको लागत कूल १ करोड ७७ लाख ९८ हजार २ सय ५० रुपैया रहेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । परियोजना अनुगमन तथा समन्वय समितिको बैठक एवम सामाजिक परिक्षण सम्पन गरिएको छ ।

बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित साना किसान उद्यमी सुदृढिकरण परियोजनाको अनुगमन तथा समन्वय समितिको बैठक एवम सामाजिक परिक्षण सम्पन गरिएको हो ।

आर्थिक वर्ष २०७६ –०७७ बाट   सञ्चालन गरिएको परियोजनाको लागत कूल १ करोड ७७ लाख ९८ हजार २ सय ५० रुपैया रहेको छ ।
हाल  २ हजार परिवारमा परियोजना सञ्चालन गरिएको छ ।

परियोजना बैजनाथ वडा न.१ देखी ५ सम्म सञ्चालन छ भने साना किसानहरुको उत्पादन तथा बजारीकरणमा केन्द्रित रहेको  हेफर प्रोजेक्ट नेपालका अधिकृत महेश कुमार आचार्यले कार्यक्रममा जानकारी गराए ।

आचार्यले मुख्य रुपमा परियोजनाले सामाजिक पुजीँको निमार्ण तथा उनीहरुको उत्पादनको बजारीकरण गर्नाका लागि बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको स्थापना गरिएको जानकारी गराए ।   परियोजनाको औचित्य तथा निरन्तरताको लागि  बजेट व्यवस्थापन गर्न आवश्यक रहेको बैजनाथ गाँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले बताए ।

यसै गरी वडा न ३ का अध्यक्ष रामचरण थारुले कार्यक्रमको प्रभावकारी रहेका ले अरु घर परिवारमा समेत कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कार्यक्रमले लिएको लक्ष्य अनुसार अझै थप क्रियाकलाप संचालन गर्न आवश्यक रहेको बताए ।

उनले सहकारी मार्फत किसानले उत्पादन गरेको बस्तुको मुल्य किसानले पाए मात्र  कार्यक्रमको  लक्ष्य पुरा हुने बताउदै सहकारी लाई संस्थागत विकास गर्न आवश्यक रहेको औल्याए ।

आर्थिक वर्ष ०७७ –७८ मा निमार्ण गरिने कार्यक्रम प्राविधक तथा युवा  लक्षित हुन आवश्यक रहेको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक एवम सामाजिक परिक्षण कार्यक्रममा उनले भने ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रमुख प्रेम स्याम्बोयूले कार्यक्रममा थप उपलब्धी हरु ल्याउन कार्यक्रमको समय सिमा थप गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी ,वडा अध्यक्ष, आर्थिक तथा सामाजिक विकास समितिका प्रमुख, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech