१४ बैशाख २०८१, शुक्रबार

अब ओलीविरुद्ध अविश्वास प्रस्तावबाटै अघि बढ्छौं : दाहाल
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावको बाटोमा जान बाध्य पारेको भन्दै अब त्यही बाटोमा अघि बढ्ने बताएका छन्।

सिंहदरबारमा संसदीय दलको बैठक सकेर बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

‘आउने दिन सहज बनाउन ओलीजीले तत्काल राजीनामा दिनुपर्छ’, दाहालले भने, ‘उहाँले संविधान र कानुनअनुसार राजीनामा दिनु भएन भने संसद्बाट नै समाधान खोज्छौं।’

उनले अविश्वासको प्रस्तावको बाटोमा जान ओलीले बाध्य पारेको र अब त्यसैअनुसार अगाडि बढ्ने बताए।

सरकार बनाउने विषयमा सहकार्यमा भइरहेको भन्दै दाहालले एकदुई दिनमा टुंगो लाग्ने बताए।

जेष्ठ सदस्यको हिसाबले वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतमा बसेको संसदीय दलको बैठकले आफूलाई वैधानिक रुपमा नै दलको नेता चयन गरेको दाहालले बताए। उनले आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहेको बताए।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech