१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफको विजयी शुरुवात
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा जारी सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा एपीएफले विजयी शुरुवात गरेको छ । एपीएफले आफ्नो पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा आर्मीले २६–२४ ले जितेर अग्रता बनाएपनि दोस्रो सेटमा पुनरागमन गर्दै एपीएफले २५–२३ ले आफ्नो पक्ष पारेको थियो । दोस्रो सेटकै लय समात्दै तेस्रो सेट पनि २५–१६ ले एपीएफले नै जित्यो ।

चौथो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पारेपछि एपीएफले जित आफ्नो पक्षमा पार्यो । फागुन २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी, न्यु डायमण्ड र लुम्बिनी प्रदेश सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले २ लाख, तेस्रोले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार पाउने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech