२२ माघ २०७९, आईतवार

धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी
  • न्युज मानसराेवर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रालिमा शनिवार दिउँसो करिव सवा १२ बजे आगलागी भएको हो ।

आगलागी हुँदा करीब ३ करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

करिब तीन करोड रुपैयाँ लगानीका सो फर्निचर उद्योग सञ्चालन गरिएको थियो । त्यसको अझै पनि औपचारिक रुपमा उद्घाटन भइसकेको छैन । उद्घाटन नहुँदै करोड लगानीको फर्निचर उद्योग खरानी बनेको छ । आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech