८ बैशाख २०८१, शनिबार

महिलामैत्री भलिबल नेपालगञ्जमा शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा नेपालगञ्ज रंगशालामा महिलामैत्री भलिवल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्ता सहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाललगायतका महिलाहरूका १० वटा टीम सहभागी भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एवं राप्रपा नेता मोहम्मद सफिक बेहनाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले गरेपछि खेल बिधिवतरुपमा शुरु भएको हो ।

खेलमा बाँकेका महिला पत्रकारहरू पनि सहभागी छन । जुन टीमको कमाण्डर नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति सदस्य पत्रकार रेजिना मल्लले गरेकी छन । टीममा पबित्र परियार, विमला चौधरी, निशु जोशी लगायतका पत्रकार महिला भलिवल खेलाडीको सहभागिता रहेको छ ।

पत्रकारहरु संग नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का कर्मचारीले खेल्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेका अध्यक्ष इन्दिरा शाहीको अध्यक्षतामा शुरु भएको उद्घाटन कार्यक्रम पश्चात शान्ति पुर्ण तरिकाले खेल जारी रहेको अध्यक्ष शाहीले जानकारी दिए ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech