१५ चैत्र २०८०, बिहीबार

मन्त्री ढकालको बास गाभर होम स्टेमा

गाभरको विसकामा पर्यावरणको विकास हुन आवश्यक मन्त्री ढकाल

  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बैजनाथ वडा न.१ स्थित गाभार होम स्टे (पाउना घर) को अवलोकन गरेको छन् ।

२९ गते  सुर्खेत होम स्टे एसोसियसन अफ नेपालको कार्यक्रम बाट ढकाल बाँकेको बैजनाथ गाउँपालिका  वडा न.१ स्थित पाहुना घरमा नै बास बसेका थिए ।

मन्त्री ढकालले पाहुना घरहरुको अवलोकन तथा अन्तरक्रिया समेत गरेका थिए ।

ढकालले समग्र गाभर होम स्टेको विकासमा नेपाल सरकारले यहाँका पर्यावरण तथा भौतिक निमार्ण  गर्दै आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रका रुपमा विकास गर्न तयार रहेको होम स्टे एसोसियसन अफ नेपालका सचिव कृष्ण चौधरीले जानकारी गराए ।

चौधरीले यसरी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ले यहा नै बास बस्नु भो’ त्यो नै मुख्य कुरा हो ‘ र भविष्यमा  यसको महत्व हुने चौधरीले उल्लेख गरे ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech