१३ बैशाख २०८१, बिहीबार

जुमा कपमाथि प्याब्सनको कब्जा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा भएको जुमा कप फुटबलको फाइनल खेलमा प्याब्सन बिजयी भएको छ । सोमवार बिहान नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा प्याब्सनले बजार प्रतिनिधिको टोलीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा प्याब्सनका आशिष गुरुङले २३ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा बिजयी भएको प्याब्सनले १ लाख ५ हजार रुपैयाँ हात पारेको छ भने उपबिजेता बजार प्रतिनिधिको टोलीले ५१ हजारमै चित्त बुझाएको छ ।

फाइनलमा प्याब्सनका गोलकिपर तरुण बज्राचार्यले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाइनल खेल अघि आयोजक र पत्रकारबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकार १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिता फागुन २७ गतेबाट शुरु भएको थियो ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech