१२ बैशाख २०८१, बुधबार

ओलीले डाके संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदीय दलको बैठक डाकेका छन्। उनले बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

माधव नेपाल–झलनाथ पक्ष भने उक्त बैठकमा सहभागी नहुने भएको छ। नेता सुरेन्द्र पाण्डेले भने, ‘हामी बैठकमा सहभागी हुँदैनौं।’

नेता पाण्डेले फागुन २८ गतेको निर्णय खारेज नभएसम्म कुनै कार्यक्रममा सहभागी नहुने बताए।

फागुन २८ गते ओलीले केन्द्रीय कमिटी बैठक डाकेर एकपक्षीय रूपमा विभिन्न नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकाे थियो।

सोही कारण एमालेभित्र तीव्र विवाद छ। विवादकै क्रममा नेपाल–खनाल पक्षले बुधबारदेखि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना सुरु गरेको छ।

दुई दिनसम्म चल्ने भेलामा महत्त्वपूर्ण निर्णय गर्ने तयारी नेपाल–खनाल पक्षको छ।

ओली पक्षले भने भेला भ्रामक रहेको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech