१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जले पायो ठूलो पर्दामा खेल्ने अवसर
  • न्युज मानसराेवर

बाँके बैजनाथ । मेरो प्लानेटले आफ्नो औपचारिक उदघाटनका अवसरमा ‘युत्सव ट्यालेन्ट फेस्टिभल’को आयोजन गरि नेपालगञ्जका युवा कलाकारहरूलाई ठूलो पर्दामा खेल्ने अवसर जुराएको छ ।

फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गरेका हुन् ।

‘युत्सव ट्यालेन्ट फेस्टिभल’मा देशभरीबाट आएका तीस कलाकारमध्ये विदुषा डान्स ग्रुपले एक लाखको नगद प्रथम पुरस्कार पाउन सफल भएको छ । त्यसै गरि पचास हजारको दोस्रो र तीस हजारको तेस्रो पुरस्कार क्रमशः सगरमाथा डांस सेन्टर र रायल डांस एकेडमीले प्राप्त गरेका छन् ।

फिल्म निर्देशक शोभित बस्नेत, चर्चित लोक गायक कमल निर्मोही र नृत्य निर्देशक नवराज सुबेदीले सो प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका थिए ।

उक्त अवसरमा मेरो प्लानेटले आफ्नो नया क्विक सर्भिस रेष्टुरेण्ट चटकारेको पनि उदघाटन गरेको छ । चटकारेले मेरो प्लानेट परिसर भित्र विभिन्न प्रकारका पेय पदार्थ, चाटका परिकार, नेपाली खाना, भारतीय तथा दक्षिण भारतीय खाना, चिनियाँ परिकार र इटालियन खाना पनि उपलब्ध गराई रहेको छ ।

यसैगरि मेरो प्लानेटले आफ्नो वाटरपार्क हिपहिप हुर्रे पनि सञ्चालनमा ल्याएको छ । बिहान १० देखि राति १० बजेसम्म सञ्चालन हुने सो पार्कमा रेन डांस, म्यूजिक सिस्टम, डीजे, पानीको झरना, मान्छे उडाउने स्लाइड, विश्वको पाँचौ सबैभन्दा ठूलो गरि चारवटा स्विमिङ पुल रहेका छन् । पार्कमा पुगेका गेस्टले आफ्नो अनुभव अतुलनीय रहेको बताएका छन् ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech