१५ चैत्र २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके बैजनाथ । पछिल्लो २४ घण्टामा मुलुकभर थप १२५ जना कोरोना संक्रमित थपिएका छन्।

३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech