८ बैशाख २०८१, शनिबार

रेन्बो डोजाङद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके आईपुगेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई डोजाङले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

शुक्रबार एक कार्याक्रमका बिच धुर्मुस सुन्तली फाउण्डेसनलाई ५२ हजार २ सय २ रुपैया आर्थिक सहयोग गरेको रेन्बो तेक्वान्दो डोजाङ बैजनाथले जनाएको छ ।

यसैबिच ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सम्मान गरीएको छ । रेन्बो तेक्वान्दो डोजाङ ब्यवस्थापन समिति बैजनाथ र धुर्मुस सुन्तली फाउण्डेसनले संयुक्त रुपमा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।

  • २१ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech