१३ बैशाख २०८१, बिहीबार

ओली सरकारका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्र
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले माओवादी पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन भनेर अध्यक्ष तथा दलका नेता पुष्पकलम दाहालले लेखेको पत्र संसद् सचिवालयमा बुझाएका हुन् ।

भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । त्यस्तै रायमाझी उर्जामन्त्री हुन् भने शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् । चौधरी श्रममन्त्री हुन् ।

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । संसद् अधिवेशन चालु रहेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

 

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech