१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा घटना दर्ता सम्बन्धि किशोर किशोरीलाई अभिमुखीकरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बालबिवाह न्यूनिकरण अभियानमा किशोरी किशोरीहरुसंग घटना दर्ता सम्बन्धि अभिमुखीकरण सञ्चालन गरिएको छ ।
बाँकेका बाल बिवाह रोक थाम परियोजनाले जिल्लाका सबै स्थानीय तहमा उक्त अभिमुखिकरण सञ्चालन छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके  जिल्लाका ८ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन छ स्थाक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले जानकारी गराए ।

बाल बिवाह रोगथाम तथा न्यूनिकरण गर्ने उदेश्यले स्थानीय बाल क्लब हरुलाई अभिमुखीकरण मार्फत परिचालित गरिएको छ ।

विहबार कोहलपुरमा प्रशिक्षक शिवलाल पाण्डेले बाल क्लब किशोरी क्वलका बालबालिकाहरुलाई घटना तर्दा नेपालको कानूनमा भएको बाल बिवाह का दण्ड र सामाजिक रुपमा व्यक्तिगत घटना दर्ताका फाइदा बारे सहजीकरण गरे ।

उनले कुनै शिशुको जन्म भएको अवस्थामा ३५  दिन भित्र जन्म दर्ता गर्नु पर्ने र राज्यले प्राप्त गरेका तथ्याकले समेत बाल बिवाह न्यूनिकरण गर्न सहयोग पुग्ने अभिमुखीकरणमा उनले उल्लेख गरे ।

अभिमुखीकरण कार्यक्रममा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका किशोर किशोरीहरु सहभागिता जनाएका छन् ।

 

 

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech