बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न १ मा आधुनिक प्रस्तुति गृह निमार्ण गरिने भएको छ ।
बैजनाथ गाउँपालिका र जापान सरकारको आर्थिक सहयोग तथा आड्रा जापान र आड्रा नेपाल को प्राबिधिक सहयोग र इनरुडेक बाँकेको को सहकार्यमा प्रस्तुति गृह निमार्ण गरिने साझेदार संस्था इन्रुडेक बाँके का अध्यक्ष धर्मलाल रोकायाले जानकारी गराए ।
रोकायाले आधुनिक प्रस्तुति गृहका लागि ७० प्रतिशत परियोजनाको लागत र बाँकी गाउँपालिका र प्रदेश सरकार हुने समेत बताए ।
परियोजनाका तर्फ बाट भ्याट सहित ३४ लाख ८१ हजार ११ रुपैया शुन्य ४३ पैसा खर्च हुने छ ।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकको प्रमुख अथितिमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक वडा अध्यक्ष रुप बहादुर मल्लले सयुक्त रुपमा निमार्ण गरिने आधुनिक प्रस्तुति गृहको शिलन्यास गरे ।
प्रमुख अथिति विकले स्थानीय सरकारले स्वास्थ्यका क्षेत्रमा आधाभूत स्वास्थ्य सेवाहरु प्रदान गर्ने उदेश्यका साथ आवश्यक बजेट विनियोजन गर्दै संरचना निमार्ण र आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै आइरहेको जानकारी गराइन् ।
कार्यक्रममा निर्वाचित प्रतिनिधि , स्वास्थ्यकर्मी , राजनितिक दल ,पत्रकार ,संघ ,संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।