४ बैशाख २०८१, मंगलवार

बाल विवाह अत्यका लागि वडा को सक्रियता बढ्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाल विवाह न्यूनिकरण गर्ने उदेश्यले बाके बैजनाथ गाउँपालिका वडा न ५ मा घरदैलो अभियान सञ्चालन गरिएको छ ।

बाल विवाह सधैका लागि अत्य हुनु पर्छ यो सरकारको उदेश्य हो त्यसका लागि हामी घर दैलो गर्दै छौँ बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन ब खत्रीले जानकारी गराए ।  ‘अहिले घर घर मा स्टीगर टास्न नागरिकलाई सचेत गराउने काममा सक्रिय छौँ  उनले भने  अब बाल विवाह भए वा गरिए कानून बमोजिम कारवार्ही हुन्छ ‘।

अभियानमा किसोरी क्लबको मुख्य भूमिका छ उहाँहरुले टोलहरुमा हुने गरेका बाल विवाह रोग्न सक्नु हुन्छ बाल विवाह अत्यका रोगथाम परियोजनाकी वविता शाहले भनिन् ।

पछिल्लो समय बाल विवाह अत्यका लागि बैजनाथ गाउँपालिकामा प्लान नेपाल र स्याक बाकेको समन्यमा स्थानीय सरकारले बाल विवाह न्यूनिकरण अभियान चलाएको छ ।

गाउँपालिकामा यस अघि वडा न १ बाल विवाह मुक्त घोषणा गरिएको थियो ।

घर दैलो कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,समाजसेवि स्थानीय राजनितिक दल प्रहरी लगाएतको सहभागिता रहेको थियो ।
बाल विवाह पूर्ण रुपमा अत्यका लागि बैजनाथ गाउँपालिकाले विशेष अभियान नै सञ्चालन गरेको छ ।

पछिल्लो समय बैजनाथ गाउँपालिकाका किशोरी क्लब र बाल क्लब को समन्वयनमा ४२ ओटा सम्म बाल विवाह रोक्ने कार्य समेत भएको वाल बिवाह रोगथाम परियोजना बविता शाहले जानकारी गराईन् ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech