१६ चैत्र २०८०, शुक्रबार

बैशाख १० गते बाल विवाह मुक्त वडा घोषणा गरिदै बैजनाथ ५
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाल विवाह मुक्त वडा घोषणाका लागि सर्वपक्षिय संवादलाई जोड दिइएको छ ।

 


बैजनाथ गाउँपालिका वडा न ५ वाल अधिकार समितिले उक्त संवादलाई जोड दिइएको हो ।

सर्वपक्षिय संवादमा नेकपा एमाले का प्रतिनिधि प्रेम सुवेदी नेपाली काग्रेस, नेकपा माओवादीका केन्द्रका देव बहादुर रावत,शिक्षक ,समाजसेवि बाल क्लब सहकारी स्याक नेपाल संस्थाका प्रतिनिधि सुरक्षाकर्मी लगाएको सहभागिता रहेको थियो ।

बाल अधिकार समितिका संयोजक मन बहादुर खत्रीले नेपाल सरकारको नीति अनुरुप बाव विवाह मुक्त घोषणा गर्ने उदेश्य लिएका हौँ ।
खत्रीले कोरनाका कारण समयमा नै बाल विवाह मुक्त घोषणा गर्ने समय अविध लम्बीएको औल्याए ।

खत्रीले सर्वपक्षिय संवादमा राजनितिक दल सहभागि यहाँहरुकोे मुहत्वपूर्ण भूमिका रहेको बताउदै सबैको सहकार्य आवश्यक छ उनले
भने । सर्वपक्षिय संवादमा राजनितिक दल बाट नेकपा एमाले का प्रेम सुवेदी नेकपा माओवादी केन्द्रदेव बहादुर रावत लगाएतले बाल विवाह मुक्त वडा घोषणाका लागि प्रतिवद्धता जनाएका थिए ।

बाल विवाह मुक्त घोषणाका लागि र्याली, पन्चेवाजा समेत व्यापक मात्रमा परिचालन गर्ने बताइएको छ ।

सर्वपक्षय संवादको भेलाले बाल विवाह मुक्त वडा घोषणा २०७८ बैशाख १० गते निर्णय गरे ।

बाल विवाह मुक्त घोषणा अभियानलाई सफल बनाउन समितिले सार्वजनिक अपिल समेत गरेको छ ।

अभियानमा उद्योग व्यापार संघ, सृजनशिल युवा क्लब ,बाल क्लब ,सहकारी विद्यालय,संघ संस्था, स्वास्थ्यकर्मी थारु अगुवा समाजसेवि लगाएत सबैको सहभागिताको लागि आग्रह समेत गरेको छ ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech