१५ चैत्र २०८०, बिहीबार

कोहलपुरकी चेलीको निर्मातामा ‘इओजी’सिरिजको फर्स्ट लूक्स सार्वजनिक

 सिरिजलाई बाँके कोहलपुर नगरपालिका १२ कि सगुन पोख्रेलले निर्माता गरेकी छिन् ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा सिरिजका मुख्य कलाकारहरूलाई देखाइएको छ जसमा राज न्यौपाने, घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ ।

सगुन पोख्रेल निर्माता

प्रकु पाण्डेको निर्देशन रहेको सिरिजको कथा, संगीत सापकोटाले गरेका हुन् ।  सिरिजलाई बाँके कोहलपुर नगरपालिका १२ कि सगुन पोख्रेलले निर्माता गरेकी छिन् ।

पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ ।

महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको “इ ओ जी”रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् ।

सिरिजको प्रदर्शन मिति केही समयपछि पत्रकार सम्मेलन गरेर बताउने निर्माण टिमको योजना छ ।

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech