१६ चैत्र २०८०, शुक्रबार

डेढ बर्षीया छोरी सकुशल, आमाको गयो ज्यान
  • न्युज मानसराेवर

बाँके र्बैजनाथ ।  पाँच जनाको ज्यान जाने गरी कोहलपुर नगरपालिका १३ बाँके राष्ट्रिय निकुन्ज सडक खण्डको रोहणी खोला भएको भिषण दुर्घटनामा डेढ वर्षीया बालिका सकुशल बाँच्न सफल भएकी छन् ।

आमाको भने दुर्घटनामा मृत्यु भएको छ । सिराह सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ बर्षीयाअम्बिका कान्तिको दुर्घटनामा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । उनीसंगै डेढ वर्षीया छोरी पनि थिइन् ।

छोरी सुरक्षित रुपमा कोहलपुर मेडिकल कलेजमा रहेको कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए । कान्ति शिक्षाका लागि खाद्यान्न कार्यक्रम सुर्खेतमा कार्यरत थिईन । उनी घर जाँदै थिइन् । त्यस्तै दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत भएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech