१५ बैशाख २०८१, शनिबार

शान्ति महिला समुहको स्वसमिक्षा सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ बाँके। बैजनाथ गाउँपालिका वडा नं २ मा आधारशिला तालिम प्ररम्भ तथा सहभागितामलक स्वसमिक्षा सम्पन्न गरिएको छ ।
हेफरको तिन दिने आधारशिला तालिम पश्चात प्रत्यक तिन तिन महिनामा समिक्षा गरिन्छ ।

कार्यक्रम शान्ति महिला समूहमा सम्पन्न गरिएको हो । यस कार्यक्रममा समूहका दिदी बहिनी हरुले क्रियाकलाप माथि समिक्षा गरीे सामूहिक तथा व्यत्रिक्तगत योजना तयार पार्ने गर्छन् ।

 


शान्ति महिला समूहकी अध्यक्ष जयसरा भण्डारीले समूह तथा व्यक्ति गत क्रियाकलाप को मूल्याकंन गर्नुका साथ्ौ योजना तर्जुमा गर्न सहयोग गरेको भन्दै खुशी व्यक्त गरिन । त्यसै गरि सरस्वती थारुले आफ्नो समिक्षा कहिले नगरेको तर यस परियोजनाले सो अवसर प्रदान गरेकोमा गाउँपालिकालाई धन्यवाद दिइन ।

स्वसमिक्षा हेफर मोडेलको कार्यक्रमको मार्ग चित्रणको सुचक हो । बैजानथ गाउँपालिकाका वडा नं १ देखि ५ सम्म संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना मार्फत गठन भएका ७० ओटा समुहमा सहभागिता मूलक स्व समिक्षा गर्ने योजना रहेको परियोजना का सामदायिक सहजकर्ता मालति रुचालले जानकारी गराइन् ।

समूहमा हाल सम्म समहमा पशु व्यवस्थापनका लागि साना पशुलाई सुधारिएको खोर निमार्ण अन्र्तगत ५५ खोर को निमार्ण भई सकेको छ भने अन्य बन्ने क्रममा रहेको छ ।

शान्ति महिला समूहका सचिव तन्नु थारुले आफ्नो पदको जिम्मेवारी सोही समूहकी सदस्य सरस्वती शाहीलाइ कार्यकालको शुभकामना दिदै हस्तान्तरण गरिन ।

समुहको स्वसमिक्षा कार्यक्रममा समूहका दिदी बहिनी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech