१३ बैशाख २०८१, बिहीबार

एमाले बाँकेले सम्पन्न गर्यो कार्यशाला गोष्ठि
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले जिल्ला कमिटी बाँकेको आयोजनामा बाँकेका ८१ वडाका वडा अध्यक्ष र सचिवहरु लाई एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

कार्यशाला गोष्ठिमा परिस्थिति मा हाम्रो कार्यभार, सगठन निर्माण र परिचालन र व्यवस्था ,पार्टी निर्माण मा मिडियाको भुमिका , कानुनका व्यवहारिक ज्ञान ,पार्टी र जनवर्गीय सगठनको अन्तर सम्बन्ध, स्थानिय मुदाहरु र कोरोना कहर रोकथामका उपाएहरु बारे प्रशिक्षण गरिएको नेकपा एमाले जिल्ला संयोजक सुर्य ढकालले जानकारी गराए ।

कार्य शाला गोष्ठिमा प्रशिक्षकहरु देवराज भार,हारुन हलुवाई,सुर्य ढकाल, केशव गिरी पदम धिताल, प्रमोद धिताल,रुद सुवेदी, मीन ब मल्ल,भिम वलि,धुर्व वस्यालले सहभागिहरुलाई प्रशिक्षण गरेका थिए ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech