१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य क्षेत्र किशोरी मैत्री बनाउन बैजनाथमा कार्यशाला गोष्ठि सम्पन्न
  • राम कृष्ण छिनाल

बाँके बैजनाथ । स्वास्थ्य क्षेत्रमा किशोरी मैत्री वातावरण सृजना गर्नका लागि रणनितिक कार्ययोजना सम्बन्धि गोष्ठि सम्पन्न गरेको छ ।
बाल विवाह रोकथाम परियोजनाको आयोजनामा बैजनाथ गाउँपालिका स्तरीय स्वास्थ्य इकाइ प्रमुखहरु अन्तर संवाद तथा कार्ययोजना सम्बन्धि गोष्ठि सम्पन्न गरिएको हो ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले स्वास्थ्य क्षेत्रको विकासमा स्थानीय सरकारका तर्फ बाट आवश्यक पर्ने सहयोग निरन्तर जारी हुने बताए ।

विकले स्थानीय जनताहरुका आधारभूत आवश्यक स्वास्थ्य ,शिक्षा रोजगारी सृजना जस्ता महत्वपूर्ण क्षेत्रमा बजेट विनियोजन गरिएको उल्लेख गरिन् । कार्यशाला गोष्ठिमा सामाजिक विकास समति संयोजक गुमान बहादुर दमाइले यहाँबाट बनेका कार्य ओजनाहरुमा कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान ब ऐडीले बाल विवाह रोकथाम परियोजनाले स्थानीय सरकारलाई खास गरी बाल विवाह रोकथाम र बालबालिकाहरुको क्षमता अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिए ।

ऐडीले स्वास्थ्य क्षेत्रमा किशोरी मैन्त्रि वातावरण बनाउन सर्व प्रथम मनोसामाजिक सेवा र किशोरी र किशोर मैत्री भवन आवश्यक पर्ने औल्याए । कार्यक्रमको सहजीकरण बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले गरेका थिए ।

कार्यक्रमको उदेश्य बारे जानकारी गराउदै स्याक नेपाल बाँकेका अध्यक्ष शिव लाल पाण्डेले परियोजनाले खास गरी बाल विवाह न्यूनिकरण किशोरीहरुको क्षमता अभिबृद्धिमा काम गर्दै आइरहेको बताउदै अब स्वास्थ्यका क्षेत्रमा समेत किशोर मैन्त्रि वातावरण बनाउन कार्य शाला गोष्ठिको आयोजना गरिएको जानकारी गराए ।

मुख्य रुपमा कार्य शाला गोष्ठिमा प्रत्येक स्वास्थ्य संस्थाहरुमा किशोर किशोरी विशेष कक्षको व्यवस्थापन गर्ने , स्वास्थ्य संस्थाहरुमा किशोर किशोरीहरुका लागि फोकल पर्सनको व्यवस्थापन गर्ने  सूचना सामाग्रीहरुको व्यवस्थापन गर्ने ,यौन तथा प्रजनन स्वास्थ्य सेवा व्यवस्थापन गनु पर्ने  ,महिनाबारी सामाग्री उपलब्ध गराउनु पर्ने  स्वास्थ परिक्षण पछि अति आवश्यक औषधीहरु सोही स्वास्थ संस्थाहरु बाट उपलब्ध गराउनु पर्ने ,अभिभावक यौन शिक्षा लागु गर्नु पर्ने जस्ता विषहरु कार्य योजना बनाइएको छ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख लक्षमण  शाहीले गरेका थिए ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech