१३ बैशाख २०८१, बिहीबार

खजुरमा शुरु गरियो शिक्षण तालिम
  • लक्ष्मी प्रसाद शर्मा

बाँके बैजनाथ ।  नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन ल्याएको छ ।   २०७९ सालमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नती गरी  २०८७ साल  सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूर दृष्टिमा केन्द्रित रही  २०७३ देखि २०८० सम्मका लागि यो योजना अगाडि ल्याइएको हो ।

सबैका लागि गुणस्तरीय शिक्षाको सहज पहुँच सुनिश्चित गर्न सकिएको छैन । कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिती कमजोर नै छ । कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका अझै पनि पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेतको आर्थिक सहयोग तथा  सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी र  खजुरा गाउँपालिका  शिक्षा तथा खेलकुद शाखाको समन्वयमा नगर क्षेत्रभित्र लन परियोजना संचालन गरिएको हो ।

साझेदारीमा   संचालन रहेका  विद्यालयका फोकल शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी  आज  शिक्षण  तालिम खजुरा गाउँपालिकामा   संचालन गरिएको छ ।

तालिमबाट नेपाली भाषाका पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रर्याप्त शैक्षिक सामग्री भए नभएको, र कक्षा कोठाको शिक्षण तथा सिकाई प्रक्रिया लैंगिक विभेद पुर्ण बनाउन आबश्यक रहेको बताइएको छ ।

तालिमले सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागीहरुको ज्ञान र सिप वृद्धि गर्न विस्तृत भइ तालिम पछि विद्यालय स्तरमा यसको प्रत्यक्ष रुपमा कार्यान्वयमा आउने अपेक्षा गरिएको छ ।

तालिमाको उद्घाटन सत्रमा खजुरा गाउपालीका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले  वालबालिकाको सिकाइलाई प्रभावकारीता बनाउनका लागि बिद्यालयका कक्षा कोठामा प्रसस्त सामाग्री को ब्यबस्थापन हुन सकेको खण्डमा बालबालिकाको सिकाइमा प्रभावकारीता ल्याउन सकिने बताउदै खजुरा नगरपालिका भित्र नमुना विद्यालय निर्माणका लागी नगरपालिकाले कार्ययोजना निर्माण गरेको र यस्ता कार्यक्रमले शिक्षामा थप मदत पुग्ने बताए ।

स्याक नेपाल बाँके की  टिमलिडर नेत्रकला शाहीले सहभागिहरुलाई  स्वागत गदै   बालबालिकाहरुको  रुचि अनुसारको अध्यान अध्यापन गर्न सक्नु एक शिक्षकको पेशा भएकाले यहाँहरुको  क्षमता बिकासका लागी प्लान इन्टरनेशनल नेपाल  स्याक नेपाल  सदैब   यहाँहरुको साथमा रहेको  उल्लेख गरिन् ।   शाहीले  समन्यनका लागि   खजुरा गाउपालीकालाइ बिषेश धन्यबाद दिइन् ।

तालिममा परियोजना संचालन भएका करिब १५ जना फोकल महिला शिक्षकहरुको सहभागीता रहेको छ ।

तालिम खजुरा गाउँपालिकामा आइतबार देखि मंगलबार ३ दिन सम्म संञ्चालन गरिने छ ।

३ दिने तालिमको सहजकता खगेन्द्र बहादुर मल्लले सहजीकरण गर्ने छन् ।

 

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech