१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका ४ सांसद निलम्बित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी जसपाका ४ सांसद निलम्बित भएका छन्।

सोमबार मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा मन्त्रीमा नियुक्त भएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई जसपा लुम्बिनी प्रदेश समितिले सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।

जसपाका प्रदेश अध्यक्ष अशोक यादवले एक विज्ञप्ति जारी गर्दै पार्टीका निर्णयविपरीत गई शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई सरकारबाट फर्किन निर्देशनसमेत दिएका छन्।

उनीहरुलाई सरकारबाट फर्किन निर्देशन दिँदै २४ घण्टा स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको विज्ञप्तिमा जनाइएको छ। साथै चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई सांसद पद नहरने गरी कारबाहीका लागि सम्पूर्ण कानूनी प्रकृया अवलम्बन गरिने पनि विज्ञप्तिमा जनाइएको छ।

सोमबार नै जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको मत दर्ता गराएको थियो। नेकपा माओवादी, नेपाली कांग्रेससहित जसपाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकै दिन जसपाका ४ सांसद सरकारमा सहभागी भएका हुन्।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech