७ बैशाख २०८१, शुक्रबार

पौड्याललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कृषि मन्त्री   आरती पौड्याललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएको छ ।

लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन् भने पुराना केही मन्त्रीहरुको पद हेरफेर गरिएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ अहिले गराएका छन् । एक राज्यमन्त्रीसहित ४ जना मन्त्री पद पाएपछि जसपा शंकर पोखरेलको नेतृत्वमा सरकारमा सहभागि भएका हुन् ।

लुम्बिनी  प्रदेशमा माओवादीले सरकारको साथ छोडेपछि नयाँ मन्त्री नियुक्तिलगत्तै  बहालवाल एमालेकै मन्त्रीहरुको मन्त्रालय परिर्वतन गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech