१३ बैशाख २०८१, बिहीबार

उत्पादन सँग एमाले

जनताको बहुदली  जनपादी व्यवस्थालाई सुदृढ गर्दे समाजवादका आधारहरु सुनिश्चित गर्ने तफ अघि बढिरहेका छौ ।

  • सुर्य ढकाल

नेपाली सर्वहारा श्रमजीवि वर्गको राजनीतिक प्रतिनिधिको रुपमा नेकपा एमाले ने क्रान्तिलाई वैचारिक राजनीतिक नेतृत्व प्रदान गरिरहेको   छ । माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादले पार्टीको मार्ग दशेक सिद्धान्तको यस क्रान्तिलाई दिशा निर्देशन गरि रहेको छ ।सामान्तवाद सामाज्यवाद विरोधी नयां खाले पुजीवादी जनवादी क्रान्तिको  कार्यक्रमका रुपमा पार्टीको पाचौ राष्टिय महाधिवेशन बाट पारित जनताको बहुदलीय जनवाल नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो । जनताको बहुदलिय जनवादका सिद्धान्त,नीति तथा कार्यक्रमहरले नेपालको राष्टिय राजनीतिलाई नै दिशा निर्देशन गर्ने समाथ्र्य राख्दछन ।

राजतन्त्र सगआफनो भविष्य खोजेको नेका र हिसामा विश्वास राख्ने माओवादीलाई शान्ती प्रकृया र परिर्वतनको एजेण्डामा हिडाउन सक्नु जनताको बहुदलीय जनवादको सफलता हो । मुलुकलाई राजनीतिक स्थायित्व,दिगो शान्ती,लोकतन्त्र र समृद्धिको दिशामा अगाडि बढाउन र आर्थिक र सामाजिक रुपान्तरण गर्न,समृद नेपाल सुखि नेपाली को महाअभियानलाई सफल पार्न नेपाली जनताको आर्थिक,समाजिक र राजनीतिक अवस्थालाई बलियो बनाउन उत्पादन सग एमाले भन्ने नाराका साथ आर्थिक र समाजिक रुपान्तरणको अभियान लाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णया गरेको छ ।

पहिलो चरण अनुसार नेकपा एमाले बांके जिल्लामा पार्टीका केन्द्रीय सदस्य प्रदेश कमिटीका सदस्य जिल्ला कमिटीका सदस्यहरु जन वर्गिय सगठनका पदाधिकारी र केन्द्रिय सदस्यहरु को परिवार कुनै न कुनै उत्पादनमा जोडिनु पर्ने र आफनो घर वरिपरीको जग्गा बाझो राख्ननपाई निर्णय गरेको छ ।

उत्पादमा जोडिएका १० जना भन्दा बढि रोजगार प्रधान गर्ने रोजगार दाता हरुलाई विभिन्न कार्यक्रम मार्फत सम्मान गर्दे जाने निर्णय गरिएको छ । बाजो जमिनलाई उत्पादनमा रुपान्तरण गर्न सबैलाई उत्पादन तर्फ उन्मुख गराउन विशेष योजना अगाडि सारिएको छ ।

फाल्गुन २३ गते सर्बोच अदालतले नेकपा एमाले र नेकपा माओवादीअलग अलग हुने एतिहासिक फैसाला पछि हालै जानकि गाउपालिकाको बेलभारको जोगा गांउमा नेकपा एमाले जिल्ला कमिटी बांकेको १६औ पुर्ण बैठकले उत्पादन सग एमाले र वैचारिक कामलाई पार्टी कामको नियामित पार्टी कामको अभिन्न अङ्ग बनाउने सम्वन्धमा केही महत्वपुर्ण फैसालाहरु गरेको छ ।ती फैसालाहरुले हाम्रो पार्टीको राजनीतिक,सागठानिक र आर्थिक रुपान्तरणको जीवनलाई उर्जासिल तथा गतिवान बनाउने विश्वास हामीले लिएका छौ ।

यति बेला हामीहरु जन क्रान्तिका उपलव्धीहरुलाई संस्थागत एव सुदृढ गर्ने र सामाजिकआर्थिक सांस्कृतिक रुपान्तरणलाई तीव्र पार्दै जनताको बहुदलीय जनवादको मर्गशैनमा समृद नेपाल निर्माण गर्ने प्रक्रियामा छौ । जनताको बहुदली  जनपादी व्यवस्थालाई सुदृढ गर्दे समाजवादका आधारहरु सुनिश्चित गर्ने तफ अघि बढिरहेका छौ । बिचका तिन महिना गति हिन अवस्थामा वितेपनि  २३ गतेको फैसाला पछि आम कार्यकता र जनतामा थप उत्साहा थपिएको छ ।

केपीको नेतृत्वमा समृद्ध नेपाल सुखि नेपाली निर्माण गर्ने महान अभियान केपिकै नेतृन्वमा सभंव छ भन्ने राष्टिय मनोविज्ञान तयार भएको छ । मुर्छित सपनाहरु जार्गति भएका छन । केपी ओली जहा उभिन्न छन त्यही बाट राष्टिय राजनीतिको लाईन सुरुहुने अवस्था तयार भएको छ । राजनीतिलाई घृण गर्दछु भन्ने नयां युवाहरु आई लयु केपि ओली भनेर नारा लगाउन थालेका छन । आर्को तर्फ गैर राजनीतिक क्षेत्रमा काम गरि रहेको ठुलो पक्ति केपी  ओली तर्फ आकृशित भएको छ ।     लेखक ढकाल  नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech