१२ बैशाख २०८१, बुधबार

सुरु भयाे एमाले महाधिवेशन आयोजक कमिटीको बैठक
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा जिम्मेवारी बाँडफाट, कार्य विभाजनलगायत विषयमा छलफल हुने बताए। यसका साथै प्रधानमन्त्री ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पनि बैठकबाट पास हुने उनले जानकारी दिए।

माधव–झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणका बारेमा पनि छलफल भएर बैठकले आवश्यक निर्णय लिने भट्टराईको भनाइ छ। एमालेले माधव–झलनाथ समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech