बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको ३० औँ कार्यापालिकाको बैठक सम्पन गरिएको छ ।
कार्यापालिकाको ३०औँ बैठकले कोरना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नाका लागि कोभिड अस्पताल पूनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बैठकले पालिका स्तरीय कोरना भाइरस रोकथाम तथा नियन्त्रण समिति परिचाल गर्ने तथा वडा स्तरमा समेत वडा अध्यक्षको अध्यक्षतामा ९ सदस्य समिति परिचालन गरिने छ । कार्यापालिका बैठक पछि बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन ब खत्रीले न्यूज मानसरोवरलाई जानकारी गराए ।
खत्रीका अनुसार कोभिड अस्पतालमा कार्यरत्त कर्मचारीहरुलाई स्वास्थ्य ईकाइहरुमा पठाइएको मा पूनः उहाँहरुलाई कोभिड अस्पतालमा ल्याउने निर्णय गरिएको बताए ।
खत्रीले आवश्यक परे क्वारेन्टाइन समेत सञ्चालन गर्ने बताए ।
यस्तै कोरना सक्रमित देखिएको खण्डमा यातायात परिचालन गरिने छ उनले भने ।
पछिल्लो समय बाँकेमा कोरना संक्रमितहरुको संख्या बृद्धि भए सगै बाँकेका सबै स्थानीय तहहरुले आवश्यक सुरक्षा मापदण्ड कार्यान्वयन गराउन चिन्तित देखिएका छन् ।