७ बैशाख २०८१, शुक्रबार

बैजनाथमा पूनः सञ्चालनमा आयो कोभिड अस्पताल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाको ३० औँ कार्यापालिकाको बैठक सम्पन गरिएको छ ।
कार्यापालिकाको ३०औँ बैठकले कोरना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नाका लागि कोभिड अस्पताल पूनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकले पालिका स्तरीय कोरना भाइरस रोकथाम तथा नियन्त्रण समिति परिचाल गर्ने तथा वडा स्तरमा समेत वडा अध्यक्षको अध्यक्षतामा ९ सदस्य समिति परिचालन गरिने छ । कार्यापालिका बैठक पछि बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन ब खत्रीले न्यूज मानसरोवरलाई जानकारी गराए ।

खत्रीका अनुसार कोभिड अस्पतालमा कार्यरत्त कर्मचारीहरुलाई  स्वास्थ्य ईकाइहरुमा पठाइएको मा पूनः उहाँहरुलाई कोभिड अस्पतालमा ल्याउने निर्णय गरिएको बताए ।

खत्रीले आवश्यक परे क्वारेन्टाइन समेत सञ्चालन गर्ने  बताए  ।
यस्तै  कोरना सक्रमित देखिएको खण्डमा यातायात परिचालन गरिने  छ उनले भने ।

पछिल्लो समय बाँकेमा कोरना संक्रमितहरुको संख्या बृद्धि भए सगै बाँकेका सबै स्थानीय तहहरुले आवश्यक सुरक्षा मापदण्ड कार्यान्वयन गराउन  चिन्तित देखिएका छन् ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech