६ बैशाख २०८१, बिहीबार

धरहराको प्रधानमन्त्रीले आज उद्घाटन गर्ने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  २०७२ वैशाख १२ को भूकम्पले ढालेको पुनर्निर्मित धरहराको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमकाबीच शनिबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भूकम्पले क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले कूल २२ तलाको धरहरा बनाइएको छ। धरहराको टुप्पोमा गएको आइतबार गजूर राखिएको थियो । त्यसपछि रङरोगनको काम पनि भएको छ।

करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैंचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ। गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने हो।

धरहरामा ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ तीन तले भूमिगत पार्किङको सुविधासमेत रहेको छ।  नयाँ धरहरामा दुईवटा लिफ्टको व्यवस्था हुनेछ।

भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ।  ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ। जसमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था हुनेछ। धरहरा र संग्रहालय  जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ। तर, धरहरा सर्वसाधारणका लागि खुला हुन अझै केही महिना लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech