६ चैत्र २०८०, मंगलवार

आज लोकतन्त्र दिवस
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  वैशाख ११ अर्थात आज  लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा आजको दिनलाई लिने गरिन्छ ।

वि.स. २०६२ / ६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले वि सं २०५९ जेठ ८ गते संसद विघटन गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएको थियो ।

६२/६३ को उक्त जनआन्दोलनको शक्ति सामु तत्कालिन राजा ज्ञानेन्द्रले घुँडा टेक्न बाध्य भएका थिए ।

दुई दर्जन बढीको ज्यान गएको जनआन्दोलनका कारण वि.सं २०६३ वैशाख ११ गते तत्कालिन राजा शाह संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।

तत्कालिन राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech